जिल्ला उपसभापतिको सिफारिसमा गृहमन्त्रीले ४१ जनालाई प्रहरी जवान बनाएको आरोप लागेपछि  -Sutra News

जिल्ला उपसभापतिको सिफारिसमा गृहमन्त्रीले ४१ जनालाई प्रहरी जवान बनाएको आरोप लागेपछि  

शनिबार, २६ भाद्र २०७८

शनिबार, २६ भाद्र २०७८

काठमाडौँ । नेपाल प्रहरीको जावनमा नाम निकाल्न सहयोग गरेको भन्दै गृहमन्त्री बालकृष्ण खाडलाई धन्यवाद दिने एक युवक पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा प्युठान जिल्ला ऐरावति गाउँपालिका १ का नरेन्द्र गुरुङ रहेका छन् । उनले आफ्नो पहलमा नेपाली काँग्रेस प्युठान उपसभापति बद्री लम्सालसहित अन्य तीन जनाको सिफारिसमा ४१ जनाले प्रहरी जवानमा नाम निकाल्न सफल भएको स्टाटसमा उल्लेख गरेका थिए ।

पक्राउ परेका गुरुङलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइने केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जानकारी दिएका छन् ।

यस्तो छ उनको फेसबुक स्ट्याटस:

मेरो व्यक्तिगत पहलमा प्युठानी छोराहरुले नेपाल प्रहरीमा नाम निकाल्न सफल भएका छन् । भाइहरुलाई हार्दिक बधाइ छ । नेपाली काँग्रेस प्युठान उपसभापति बद्री लम्साल ज्यूको सिफारिसमा ११ जना हिमाल, श्याम, राजन लगायत अन्य साथीहरुको सिफारिसमा गरि देश भरमा ४१ जनाको नाम निकाल्न सफल भएको छु । सहयोगका लागि माननीय गृहमन्त्री बालकृष्ण खाड ज्यूलाई धन्यवाद !

241665064_644140716803466_1456311122505818452_n.jpg

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट