एमसीसी प्रकरण- फतिमाले अगाडी बढाऔं भन्दा देउवाले के भने ?-Sutra News

एमसीसी प्रकरण- फतिमाले अगाडी बढाऔं भन्दा देउवाले के भने ?

शनिबार, २६ भाद्र २०७८

शनिबार, २६ भाद्र २०७८

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासंग शिष्टाचार भेटवार्ता गरेकी छन् ।



बालुटारमा भएको छलफलमा नेपाल–अमेरिका सहयोगसहित एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणमा त्यसको सम्भावनाबारे केन्द्रित रहेको थियो ।

भेटवार्तामा (एमसिसी) उपाध्यक्ष फतेमाले एमसिसीका बिषयमा सरकारको धारणा बुझ्न खोजेकी थिइन् ।

प्रधानमन्त्री देउवाले एमसीसीका बारेमा सहमति खोज्ने प्रयास जारी रहेको बताएको उनको सचिवालयले जनाएको छ ।

उपाध्यक्ष फतेमाले शुक्रबार नै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो सो क्रममा उहाले एमसीसीलाई पारित गर्न आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट