काठमाडौँ । अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमार र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच सिंहदरबारमा शनिबार दिउँसो भेटवार्ता भएको हो । भेटमा एमसिसीका सहअध्यक्ष जोनाथन ब्रुक्स र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीसमेत उपस्थित थिए।
एमसीसीबारे नेपालको धारणा बुझ्न फातिमा यतिबेला नेपाल भ्रमणमा रहेकी छन् । उनले अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरिसकेकी छन् ।