ज्ञानेन्द्र शाहीको प्रश्न- विदेशको एउटा कर्मचारी आउँदा चीनको राष्ट्रपति आए जसरी तामझाम किन ?-Sutra News

ज्ञानेन्द्र शाहीको प्रश्न- विदेशको एउटा कर्मचारी आउँदा चीनको राष्ट्रपति आए जसरी तामझाम किन ?

शनिबार, २६ भाद्र २०७८

शनिबार, २६ भाद्र २०७८

काठमाडौँ । अभियान्ता ज्ञानेन्द्र शाहीले एमसीसीको विरुद्धमा जुट्नका लागि सबै नागरिकहरुलाई आह्वान गरेका छन् ।



शनिबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले एमसीसीको विरुद्धमा जुट्नका लागि देशका सबै जनशक्ति डाक्टर, इन्जिनियर, पत्रकार तथा प्रहरी कर्मचारीहरुलाई आग्रह गरेका हुन् ।  

उनले एमसीसी उपाध्यक्ष फतिमा सुनार आउँदा सरकारले अनावश्यक तामझाम देखाएको बताए । ‘ एउटा नेपालको सिडिओ बराबरको मान्छे नेपाल आउँदा चीनका राष्ट्रपति आए जसरी तामझाम भएको छ, एउटा कर्मचारी स्तरको मानिसले नेपालका राजनीतिज्ञ हरुसँग खुट्टा उचालेर प्रस्तुत भएको छ । यो हामी दास हु सुरु भएको संकेत हो । ‘ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट