बैतडी र दार्चुलामा भूकम्पले हल्लायो-Sutra News

बैतडी र दार्चुलामा भूकम्पले हल्लायो

शनिबार, २६ भाद्र २०७८

शनिबार, २६ भाद्र २०७८

बैतडी- सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६:१३ बजे यहाँ धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालकाअनुसार पाँच दशमलव तीन रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तर काशीक्षेत्र आसपास रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।  



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट