आज आइतबार, सरकारद्वारा सार्वजनिक बिदा दिने निर्णय-Sutra News

आज आइतबार, सरकारद्वारा सार्वजनिक बिदा दिने निर्णय

आइतबार, २७ भाद्र २०७८

आइतबार, २७ भाद्र २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आज आइतबार (२७ भदौ) सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।



थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज तराईका दुई जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको १९ वैशाख २०७८ मा बसेको बैठको निर्णयअनुसार थारु समुदायले भव्यताकासाथ मनाउने अट्वारी पर्वका अवसरमा कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीकाअनुसार प्रदेश सरकारले थारु समुदायको मौलिक पर्व अट्वारीको लागि आज एक दिन बिदा दिने निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट