प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ एमालेको रणनीति-Sutra News

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ एमालेको रणनीति

आइतबार, २७ भाद्र २०७८

आइतबार, २७ भाद्र २०७८

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछिको यो पहिलो बैठक हो । बैठक दिउँसो १ बजे बस्नेछ । तर, आजको बैठक पनि सहज ढंगले अघि बढ्न नदिने एमालेले तयारी गरेको छ ।



आफूहरूको विरोधका बीच शुक्रबार सरकारले प्रतिस्थापन विधेयक ल्याएर एकतर्फी सदन चलाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले रुष्ट छ । सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै एमाले आन्दोलित छ ।

पार्टीबाट कारबाही गरिएका १४ सांसद्को कारबाहीलाई १३ दिनसम्म रोकेका सभामुख सापकोटाले दल विभाजन भइसकेपछि मात्रै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना सुनाएपछि एमाले रिसाएको हो । 

सभामुखले गल्ती स्वीकार नगरेसम्म बैठक चल्न नदिन एमाले सांसद्हरूको भनाइ छ । अदालतमा बिचाराधीन मुद्दालाई एमालेले संसद्मा चर्काएको भन्दै आलोचना पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट