आइतवार अपराह्न १ बजे प्रतिनिधि सभाको नवौं अधिवेशनको चौथो बैठक बस्दैछ । बैठकमा विभिन्न अध्यादेशहरू पेश गरिने संघीय संसद सचिवालयले जनाएको छ ।
यसअघि शुक्रवार बसेको प्रतिनिधि सभा बैठकलाई एमाले सांसदहरूले अवरोध गर्न खोजेका थिए । आजको बैठकलाई पनि एमालेले सक्रिय अवरोध गर्ने योजना बनाएको छ ।
एमालेको अवरोधकै बीचमा शुक्रवार संसद सुचारू रहेको थियो ।
यी हुन् सम्भावित कार्यसूचीहरू –