काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई संसद भवन पस्न नदिने रणनीति बनाएको छ ।
यसभन्दा अगाडी लगातार दुई पटकसम्म संसद बैठक अवरुद्ध पारेको नेकपा एमालेले आज संसद भवनमा प्रधानमन्त्री देउवालाई छिर्न नदिने नदिने रणनीति बनाएको हो ।
नेकपा एमालेका एक सांसदले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवालाई छिर्न नदिनका लागि विशेष तरिकाले तयारी गरिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै नेकपा एमालेले बारम्बार संसद बैठक अवरुद्ध पार्दै आएको छ ।
एमालेको सांसद रेखाकुमारी झाले यो भन्दा अगाडिको संसद बैठकमा गृहमन्त्री जनार्दन शर्मालाई माइकले हान्ने योजना बनाएको बताएकी थिइन् ।