काठमाडौँ । नेकपा एमालेको हटेर माधवकुमार नेपाल नेतृत्वको पार्टी ( नेकपा एकीकृत समाजवादी) मा जान पाउँ भन्दै सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले दायर गरेको रिटमाथि आज आदेश आउने भएको छ ।
दुई सांसदको मुद्दा २ पटकसम्म पेशीमा चढेर पनि हेर्न नभ्याइने सूचीमा राखिएको थियो । आज सुरुमा नै उनीहरुको मुद्दालाई प्राथमिकता दिने बताइएको छ । उनीहरुको मुद्दा आनन्दमोहन भट्टराई र आज मीरा खड्काको इजलासमा परेको छ ।
रिट निवेदनमा पाण्डे र भट्टले आफूहरूले नेकपा एसमा सनाखत गर्न खोज्दा आयोगले नदिएको भन्दै आफूहरूको विवरण नेकपा एसमा अद्यावधिक गराउन आदेश माग गरेका छन् ।