एमालेले आज पनि संसद बैठक अवरुद्ध गर्छ- ओली-Sutra News

एमालेले आज पनि संसद बैठक अवरुद्ध गर्छ- ओली

आइतबार, २७ भाद्र २०७८

आइतबार, २७ भाद्र २०७८

लगातार संसद अवरुद्ध पार्दै आइरहेको नेकपा एमालेले आज पनि संसद घेराउ गर्ने भएको छ । आइतबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आज पनि संसद घेराउ गर्ने बताएका हुन् ।



दलको बैठकमा बोल्दै ओलीले मर्यादापालकहरुले आफ्नो नियम मिच्न खोजेको आरोपसमेत लगाएका छन् । मर्यादापालकहरु आफ्नो सीमामा बस्नुपर्ने ओलीको तर्क छ ।

उनले आफ्ना सांसदहरुलाई अवरोध गर्न निर्देशन दिंदै भने, ‘अवरोध गर्नुपर्छ । बढाइरहनुस्, यो जारी राख्नुस्’, ओलीले भने, नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर नजानुुस् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट