नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई माइक हान्ने योजना नभएको बताएका छन् । आइतबार संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो स्पष्टिकरण दिएका हुन् । शुक्रबार बसेको संसद बैठकमा एमाले सांसद रेखा झाले भने सभामुखलाई माइक हान्ने योजना रहेको बताएकी थिइन् ।
बैठकमा बोल्दै ओलीले भने, ‘माइक हान्ने योजना थिएन, नभएको कुरा बोल्नु हुँदैन । ’
उनले आजको बैठकमा पनि एमाले सांसदहरुलाई बैठक अवरुद्ध पार्न निर्देशन दिएका छन् । उनले आफ्ना सांसदहरुलाई अवरोध गर्न निर्देशन दिंदै भने, ‘अवरोध गर्नुपर्छ । बढाइरहनुस्, यो जारी राख्नुस्’, ओलीले भने, नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर नजानुुस् ।’
दलको बैठकमा बोल्दै ओलीले मर्यादापालकहरुले आफ्नो नियम मिच्न खोजेको आरोपसमेत लगाएका छन् । मर्यादापालकहरु आफ्नो सीमामा बस्नुपर्ने ओलीको तर्क छ ।