संसदमा एमालेको अवरोध सुरु, सभामुखले अगाडी बढाउन सकेनन् बैठक-Sutra News

संसदमा एमालेको अवरोध सुरु, सभामुखले अगाडी बढाउन सकेनन् बैठक

आइतबार, २७ भाद्र २०७८

आइतबार, २७ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेले आइतबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पारेको छ ।



एमालेका सांसदहरुले विभिन्न नारा लगाउँदै सदन अगाडी बढाउन नदिएका कारण सभामुखले सदन चलाउन सकेका छैनन् ।

शुक्रवार बसेको बैठकमा नै भएको थियो । घम्साघम्सीकै बीचमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पेश गरेका थिए ।

आज बस्ने बैठकमा पनि आधा दर्जनजति अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

‘हामी आज पनि बैठकमा सक्रिय अवरोध गर्छौं,’ एमालेका एक सांसदले सूत्रन्यूजसँग भने, ‘लोकतन्त्रमा प्रमुख प्रतिपक्षी दलले अवरोध गरेपछि संसद बैठक स्थगित हुनुपर्छ । एमालेले कारवाही गरेका १४ सांसदहरूलाई पदमुक्त नगरेसम्म हामीले सदन चल्न दिँदैनौं ।’

गत भदौ १ गते एमालेले माधवकुमार नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले उनीहरूलाई कारवाही गरिएको सूचना तत्काल टाँस गरेका थिएनन् । पछि दल विभाजनसम्बन्धी अध्यादेश आएपछि नेकपा एकीकृत समाजवादी पार्टीमा ती सांसदहरू गएका थिए ।

एमालेले त्यही विषयलाई लिएर संसद अवरुद्ध गर्ने प्रयास गर्दै आइरहेको छ ।    

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट