नेकपा एमालेले आइतबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पारेको छ । अवरुद्ध पारेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
एमालेका सांसदहरुले विभिन्न नारा लगाउँदै सदन अगाडी बढाउन नदिएका कारण सभामुखले सदन चलाउन सकेका छैनन् ।
एमालेका सांसदहरुले मुख्यतः पाँच वटा नारा लगाएका छन्-
१. पार्टी फुटाउने षडयन्त्र मुर्दावाद
२. गैरसांसद्लाई प्रवेश निषेध गर
३. संसदीय मर्यदा कायम गर
४. संवैधानिक सर्वोच्चता कायम गर
५. पक्षपातपूर्ण व्यवहार बन्द गर