सभामुखको परामर्शले गरेन काम, प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध-Sutra News

सभामुखको परामर्शले गरेन काम, प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

आइतबार, २७ भाद्र २०७८

आइतबार, २७ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ । १५ मिनेट स्थगित गरेर सुरु गरिएको बैठकको सुरुमा नै एमालेका सांसदहरुले नाराबाजी गर्न सुरु गरेका हुन् ।



पहिलो बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । एमालेल निरन्तर अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले परामर्श थालेका थिए ।

उनीहरुले संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फूटाउने षड्यन्त्र मुर्दावाद लगायतका नारा लगाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट