प्रतिनिधिसभा बैठक भदौ २९ सम्मका लागि स्थगित-Sutra News

प्रतिनिधिसभा बैठक भदौ २९ सम्मका लागि स्थगित

आइतबार, २७ भाद्र २०७८

आइतबार, २७ भाद्र २०७८

काठमाडौँ । तिनिधिसभाको बैठक भदाै २९ गतेसम्मका लागि स्थगित भएको छ ।



नेकपा एमालेले लगातार अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ सम्मका लागि स्थगित गर्ने निर्णय गरेका हुन् ।

आइतबार संसद बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका थिए । उनीहरुको अवरोध कायम रहेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

तर १५ मिनेटपछि पनि एमालेले आफ्नो अभियान नरोकेपछि सभामुखले आगामी भदौ २९ सम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।  

यी हुन् सदनमा एमालेले लगाएका नाराहरु

१. पार्टी फुटाउने षडयन्त्र मुर्दावाद
२. गैरसांसद्लाई प्रवेश निषेध गर
३. संसदीय मर्यदा कायम गर
४. संवैधानिक सर्वोच्चता कायम गर
५. पक्षपातपूर्ण व्यवहार बन्द गर

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट