काठमाडौँ । नेकपा एमालेले संसद बैठक चल्न नदिएपछि प्रतिनिधिसभाको बैठक स्थगित गरेरे सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।
प्रतिनिधि सभा बैठकमा जारी अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।
सोमवार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बस्ने गरी सर्वदलीय बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बैठकमा संसदमा रहेका सबै दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ ।
एमालेको अवरोध कायमै रहेपछि संसद बैठक पर्सी अर्थात भदौ २९ सम्मका लागि स्थगित गरिएको छ ।