नेपालमा आइतबार थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार ८ सय ७८ पिसिआर परिक्षणका क्रममा ८३८ जना र ३ हजार १ सय ४० एन्टीजेन परिक्षणका क्रममा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६८ हजार ८ सय ५७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ४९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप १ हजार ४ सय २३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ३९ हजार ४ सय ५७ जना कोरोनामुक्त भएका छन् ।
हालसम्म नेपालमा ४० लाख २२ हजार ६१ वटा पिसिआर र ५ लाख ११ हजार ९ सय ८१ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।