खानेपानीको अभाव झेल्दै आएका वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान अघि बढाइएको छ ।
वाग्मती प्रदेश सरकारले प्रदेशमा खानेपानी समस्या समाधान गर्न र सहज आपूर्तिका लागि ‘एक घर एक धारा’ अभियान अघि बढाएको हो । आगामी पाँच वर्षभित्र प्रदेशअन्तर्गत १३ जिल्लाका सबै घरमा खानेपानी धारा जोड्ने अभियानअन्तर्गत प्रदेश सरकारले कार्यक्रम अघि बढाएको छ । उक्त अभियानअन्तर्गत प्रदेश खानेपानी तथा सरसफइ डिभिजन नं १ को कार्यालय हेटौँडाले आर्थिक वर्ष २०७७÷७८ मा आठ वटा खानेपानी आयोजना सम्पन्न गरेको जनाएको छ ।
कार्यालयले सङ्घीय सःशर्त अनुदानतर्फ रहेका ७८ आयोजनामध्ये चितवनमा तीन र मकवानपुरमा पाँच गरी कुल आठ आयोजना सम्पन्न भएको कार्यालय प्रमुख सन्तोष श्रेष्ठले बताए ।