एमाले नेता भन्छन्- एमसीसीबारे अहिले कुनै पोजिसन बनाएका छैनौं-Sutra News

एमाले नेता भन्छन्- एमसीसीबारे अहिले कुनै पोजिसन बनाएका छैनौं

आइतबार, २७ भाद्र २०७८

आइतबार, २७ भाद्र २०७८

काठमाडौं- नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा.राजन भट्टराईले आफ्नो पार्टीले एमसीसीबारे अहिले कुनै पोजिसन नबनाएको स्पष्ट पारेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सत्तासिन दलहरुले धारणा बनाएपछि आफ्नो पार्टीले धारणा बनाउने बताएका हुन् ।



उनले भने,‘हाम्रो पार्टीले अहिले एमसीसीको बारेमा कुनै धारणा बनाएको छैन एमसीसीको बारेमा वर्तमान सरकारले के गर्दैछ भन्नेबारे औपचारिक जानकारी छैन । सरकारले एमसीसी ल्याउन खोजेको हो कि होईन ? सरकारले उपाध्यक्षसँग के कुरा गर्‍यो ? हिजो एउटा धारणा बनाएका सत्तासिन दलमा एउटा धारणा छ, हिजोकै मत छ कि अर्को मत छ ? सत्तासिन दलमा के छ भन्नेबारे हामी बेखबर र्छौं । हाम्रो भूमिका प्रतिपक्षी दलको हो ।’

उनले भने,‘एमसीसी पास गर्नको लागि हाम्रो आवश्यकत्ता रहन्छ भन्ने कुरा वर्तमान सरकारलाई लागिरहेको छैन । सरकारसँग बहुमत छ । एमसीसी पास गर्न जम्मा १३६ मत भए पुग्छ । पारित गर्नको लागि त सामान्य बहुमत भए पुग्छ । सरकारसँग २९ मत बढि छ । सरकारसँग अहिले कम्फर्टेबल अवस्था छ । तर, सरकारले हामीसँग अहिलेसम्म यसबारेमा कुनै छलफल गरेको छैन, हाम्रो तर्फबाट हामीसँग किन कन्सल्ट गरिएन भन्ने पनि छैन ।’

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री उदयशमशेर जबराले एमसीसीलाई पास गर्नुपर्ने बताएका छन् । उनले एमसीसी पािरत गराउन संसद्भित्र र संसद् बाहिर रहेका सबै दलबीच सहमति गराउनुपर्ने पनि बताए । उनले एमसीसी पास गर्दा नेपालको विकासलाई सहयोग पुग्ने धारणा राखेका समेत छन् ।

उनले भने, ‘अहिले एमसीसीलाई हेर्ने दृष्टिकोण खासमा आर्थिक, सामाजिक अथवा राजनीतिक पक्षभन्दापनि यो पोलिटिकल टुल भएको छ । एमसीसी २०१७ को सेप्टेम्बरमा सम्झौता भएको हो । यसमा सबै दलको संलग्नता छ । सम्झौतामा हस्ताक्षर भएको एक वर्षपछि यो विवाद सुरु भयो । एमसीसीको डकुमेन्ट एक वर्षपछि विवाद सुरु किन भयो ? उनले एमसीसी सहयोग लगभग ५० वटा देशले लिएको भन्दै तीमध्ये हाम्रो देशकोजस्तै भूगोल भएको मंगोलियाले दुई पटक सहयोग लिएको स्मरण गराए ।

पूर्वाधार विकास विज्ञ तथा अध्येता डा.सुर्यराज आचार्यले एमसीसीमा भएका गलत प्रावधानहरु सच्याउनुपर्नेमा जोड दिएका छन् । उनले एमसीसी जस्ताको त्यस्तै पास गर्न नहुने धारणा राखे । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले एमसीसी पास गर्ने वा के गर्ने भन्नेबारे अहिलेसम्म धारणा बनाएको छैन भनेर भन्नु गलत भएको पनि टिप्पणी गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट