काठमाडौं- प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री उदयशमशेर जबराले एमसीसीलाई पास गर्नुपर्ने बताएका छन् । उनले एमसीसी पािरत गराउन संसद्भित्र र संसद् बाहिर रहेका सबै दलबीच सहमति गराउनुपर्ने पनि बताए ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमसीसी सहयोग अनुदान भएकोले यसले देशलाई फाइदा नै हुने पनि विश्वास दिलाए ।
एमसीसी सहयोग लगभग ५० वटा देशले लिएको भन्दै तीमध्ये हाम्रो देशकोजस्तै भूगोल भएको मंगोलियाले दुई पटक सहयोग लिएको उनले बताए ।
सन् २०१७ देखि आजसम्म एमसीसीको बारेमा विभिन्न भ्रम रहेको भन्दै यसबारेमा आफूहरुले अहिलेसम्म स्पष्ट पार्न नसक्नु कमजोरी भएको पनि जबराले बताए ।
त्यस्तै नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा.राजन भट्टराईले आफ्नो पार्टीले एमसीसीबारे अहिले कुनै पोजिसन नबनाएको स्पष्ट पारे । सत्तासिन दलहरुले धारणा बनाएपछि आफ्नो पार्टीले धारणा बनाउने उनको भनाइ छ ।
एमसीसी पारित गराउनको सरकारलाई आफूहरुको आवश्यकत्ता नै नपरेको पनि उनले बताए ।