काठमाडौं- दोलखाको नाम्डु केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार आज साँझ ८ बजेर ४१ मिनेट जाँदा दोलखाको नाम्डु केन्द्रविन्दु भएर ४.३ म्याग्नीच्यूटको भूकम्प गएको हो ।
आज साँझ गएको भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।