काठमाडौं- प्रतिनिधिसभामा जारी अवरोध अन्त्य गर्न आज सोमबार सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।
सापकोटाले आज दिउँसो प्रमुख दलका शीर्ष नेताहरूसहितको सर्वदलीय बैठक बोलाएका हुन् ।
सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले संवाद, छलफल र वार्ताको माध्यामबाट संसद्मा देखिएको समस्या समाधान गर्न बैठक बोलाइएको जानकारी दिए ।
संवादको माध्यामबाट ती समस्या समाधान गर्न सकिनेमा सभामुख विश्वस्त रहेको न्यौपानेको भनाइ छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण आजित बनेका सभामुखले चालु अधिवेशनमा बैठक चलाउनै सकेका छैनन् ।