यस्तो छ तीन दिनको मौसम पूर्वानुमान-Sutra News

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

सोमबार, २८ भाद्र २०७८

सोमबार, २८ भाद्र २०७८

काठमाडौं- नेपालमा मनसुनी वायुको प्रभाव कम हुँदै गएको छ । मनसुन सकिन दुई साता मात्र बाँकी रहँदा झरी कम परेको छ ।



मौसम पूर्वानुमान महाशाखाकाअनुसार भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भू-भागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा छ । मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ छ ।

अज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । मंगलबार मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाको भनाइमा बुधबार राति भने प्रदेश १, २ र वाग्मतीका थोरै स्थान तथा अन्य प्रदेशका केही भू-भागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट