रोग पत्ता लगाउन रगतको परीक्षण गराइन्छ । रगत परीक्षण गराउन अस्पताल जाँदा के गर्ने ? के खाने वा के नखाने भन्ने विषयमा जानकारी नहुन सक्छ । रगत परीक्षण गराउँदा यस्तो कुरामा ध्यान दिनुस्:
-८ देखि १२ घण्टा खाली पेट राखेर रगत परीक्षण गराउने,
-शुद्ध पानी भने खान सकिन्छ,
-सुगर, कोलेस्टो, हर्मोन, भिटामीनको परीक्षण गर्दा खाली पेटमा बस्नुपर्ने अनिवार्य हुन्छ,
-रगतको परीक्षण गराउनुभन्दा दुई दिन अघिदेखी चिल्लो खानेकुरा खानु हुँदैन,
-नियमित औषधि प्रयोग गर्ने व्यक्तिले औषधि सेवन नगरी रगत परीक्षण गर्नुपर्छ ।