यस्ता छन् फर्सीका फाइदा-Sutra News

यस्ता छन् फर्सीका फाइदा

सोमबार, २८ भाद्र २०७८

सोमबार, २८ भाद्र २०७८

फर्सी स्वास्थ्यका दृष्टिकोणले निकै गुणकारी छ । फर्सीमा भिटामिनसहित अन्य पौष्टिक पदार्थ पाइन्छ । फर्सीको तरकारी मात्रै होइन् अरु धेरै परिकार बनाएर पनि खान सकिन्छ । 



फाइदा

-फर्सीमा फाइबर, भिटामिन ए, सी र इसहित अन्य पौष्टिक पदार्थ पनि प्रशस्त हुन्छ जसले स्मरणशक्ति बढाउन मद्दत गर्छ ।

-पहेँलो भएर पाकेको फर्सी झनै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । 

-यसमा हुने बेटा क्यारोटिन, एन्टीअक्सिडेन्टले शरीरमा क्यान्सरको सम्भावनालाई रोक्छ ।

-मुटु रोगीका लागि समेत फर्सी निकै फाइदाजनक मानिन्छ ।

-फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरीरमा रहेको कोलस्ट्रोलको मात्रालाई समेत कम गर्छ ।

-फर्सीको बियाँ पनि उत्तिकै फाइदाजनक हुन्छ ।

-बियाँमा मनग्गे मात्रामा प्रोटिन, भिटामिन, एसिडहरू पाइन्छ । यसले शरीरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्छ  ।

-फर्सीको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिंकले शरीरलाई स्वस्थ, स्मरणशक्तिमा वृद्धि, हाडलाई बलियो बनाउन मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट