काठमाडौं । लोकगायिका विष्णु माझीको निजी जीवनबारे राष्ट्रिय मानवअधिकार आयोगले चासो देखाएको छ । उनको तीजको गीत चरी जेलैमा हिट भएपछि उनको बारेमा विभिन्न टिकाटिप्पणीहरु हुँदै आएका छन् ।
गायिका माझीको विषयमा मानव अधिकार आयोगले चासो देखाएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जा उनको घरमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होविन्द्र बोगटीले उनको अवस्था बुझ्न आइतबार प्रहरी उनको घरमा पठाएका थिए ।
तर उनको घरमा गएको प्रहरीले केही भेट्न सकेनन् । उनको घरमा जाँदा पनि केही जानकारी नआएको एक प्रहरी अधिकारीले जानकारी दिए ।