काठमाडौँ । नेकपा एमाले विभाजित भएर बनेको नेकपा(एकीकृत समाजवादी) पार्टीले समर्थन फिर्ता लिएसँगै एमाले उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार प्रदेश सभा सचिवलाई पत्राचार गर्दै शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी गराएको थियो ।
स्रोतका अनुसार अल्पमतमा परेकी शाक्य आफूले राजीनामा दिने तयारी गरिरहेकी छन् । उनी तत्काल विश्वासको मत नलिने र राजीनामा पनि नदिने मनस्थितिमा पुगेकी छन् ।
सभामुखसहित ५६ सांसद रहेकामा पार्टी विभाजनअघिसम्म ओली समूहमा ३४ सांसद र माधव नेपाल समूहमा २२ जना सांसद थिए । तत्कालीन समयमा नेकपाभित्र विवाद हुँदा पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदै दाहाल–नेपाल समूहले शाक्यलाई नै मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो ।