सर्वदलीय बैठकमा सभामुखको गुनासो- ओलीले एक घण्टासम्म फोन अफ गरेर बसे-Sutra News

सर्वदलीय बैठकमा सभामुखको गुनासो- ओलीले एक घण्टासम्म फोन अफ गरेर बसे

सोमबार, २८ भाद्र २०७८

सोमबार, २८ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेले लगातार संसद बैठक अवरुद्ध गरेपछि त्यसको समाधानका लागि भन्दै सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक निश्कर्षबिहीन भएर सकिएको छ ।



बैठकमा एमाले अनुपस्थित रहेपछि बैठक निश्कर्षबिहीन भएर सकिएको हो ।  

बैठकमा सभामुखले ओलीले आफूले पटकपटक फोन गर्दा पनि फोन नउठाएको दुखेसो गरे । सभामुखले बिहान १ घण्टा फोन गर्दा पनि एमालेसँग सम्पर्क हुन नसकेको गुनासो गरे ।

‘ओलीजीको हटलाइनमा उहाँले एक घण्टासम्म सम्पर्क गर्ने प्रयास गर्नुभएछ । स्वीच अफ भएकाले सम्पर्क हुन सकेनछ।’ बैठकपछि एक नेताले भने ।

संसदमा रहेका दलहरुले एमालेलाई संवादमा ल्याउन प्रयास गर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन् ।

सोमबार सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा उनीहरुले यस्तो सुझाव दिएका हुन् । सर्वदलीय बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘प्रतिपक्षी नेताहरू नै नआइदिएको हुनाले यो निष्कर्षमा पुग्न सकिदैन भन्ने सुझाव नेताहरूको थियो,’ फेरि प्रतिपक्षी नेतालाई बोलाएर बैठक राख्न सभामुखलाई अनुरोध गरियो ।’

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस) का माधवकुमार नेपाल, जसपाका नेता उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेललगायतका नेताहरु उपस्थित रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट