आफ्नै वीर्य सुईमा राखेर घोच्नेलाई १० वर्षको जेल सजाय [भिडियो]-Sutra News

आफ्नै वीर्य सुईमा राखेर घोच्नेलाई १० वर्षको जेल सजाय [भिडियो]

सोमबार, २८ भाद्र २०७८

सोमबार, २८ भाद्र २०७८

थोमस स्टिमन नामका एक व्यक्तिलाई निकृष्ट अपराध गरेको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ ।



उनले आफ्नो वीर्य सुईमा राखेर केटी पिटर्स नामकी एक महिलालाई घोचेका थिए ।

डेली मेलको समाचार रिपोर्टअनुसार ती व्यक्तिले २०२० को फेब्रुअरीमा उक्त अपराध गरेका थिए ।

अपराधपछाडि उनले पीडित महिलालाई सोधेका थिए, ‘मौरीले टोकेजस्तो हुने रहेछ, हैन त ?’

अमेरिकाको मेरिल्याण्डमा भएको उक्त घटनाको १८ महिनापछि त्यहाँको स्थानीय अदालतले उनलाई दोषी ठहर गर्दै १० वर्षको जेल सजाय सुनाएको हो ।

ती व्यक्ति यस्तै अपराधमा सन् १९९९ मा पनि पक्राउ परेका थिए ।

सन् २०१३ मा उनीविरुद्ध घरायसी हिँसाको केस परेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट