५.१ म्याग्नीच्युडको भूकम्पको धक्का-Sutra News

५.१ म्याग्नीच्युडको भूकम्पको धक्का

सोमबार, २८ भाद्र २०७८

सोमबार, २८ भाद्र २०७८

इरान- इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ । तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भू-भागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन् । भूकम्प सतहदेखि १० किलोमिटर गइराईबाट आएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट अहिलेसम्म कुनै धन र जनको क्षति भएको विवरण आइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट