काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहले क्रियाशील सदस्यता विवाद समाधान नगरी वडा अधिवेशन गराउनु दुःखद भएको बताएको छ ।
संस्थापन इतर समूहले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि पत्रकार सम्मेलन गरी अधिकांश जिल्लामा पार्टी प्रवेशका नाममा निर्धारित विधि, प्रक्रिया र मापदण्डबमोजिम क्रियाशील सदस्यता विवाद समाधान नभएको जनाएको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले यस्ता कार्य लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा र मूल्य परम्पराविपरीत भएको बताए ।
उनले अधिवेशन प्रारम्भ भएको एक हप्तासम्म २० जिल्लाको क्रियाशील सदस्य सूची अझै टुङ्गो नलाग्नु दुःखद भएको बताए ।
उनले यथाशीघ्र विधि र प्रक्रियाअनुसार नेतृत्व चयनका लागि पुनः निर्वाचन गर्न समेत माग गरे ।