६ मिनेटमा तीन गोल गर्ने को हुन् ?-Sutra News

६ मिनेटमा तीन गोल गर्ने को हुन् ?

मंगलबार, २९ भाद्र २०७८

मंगलबार, २९ भाद्र २०७८

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा एभर्टन विजयी भएको छ ।



घरेलु मैदानमा भएको खेलमा एभर्टनले बर्नलीलाई ३-१ ले पराजित गरेको हो । ५३ औँ मिनेटमा मी ले गरेको गोलबाट बर्नलीले सुरुवाति अग्रता लिएको थियो ।

तर, त्यसपछि एभर्टनले पुनरागमन गरेको हो । एभर्टनका लागि किनले ६० औँ, टाउनसेण्डले ६५ औँ तथा ग्रेले ६६ औँ मिनेटमा गोल गरेका हुन् ।

एभर्टनले ६ मिनेटको अन्तरालमा तीन गोल गरेर जित दर्ता गरेको हो । चार खेलबाट १० अंकसहित एभर्टन चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट