यस्ता छन् उखुको जुसका फाइदा-Sutra News

यस्ता छन् उखुको जुसका फाइदा

मंगलबार, २९ भाद्र २०७८

मंगलबार, २९ भाद्र २०७८

उखुको जुस स्वास्थ्यको दृष्टिकोणले निकै लाभदायक हुन्छ । उखुको जुसमा अत्याधिक मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ । जसले हाम्रो पाचन तन्त्रका लागि निकै महत्वपूर्ण हुन्छ । यसले संक्रमणबाट बच्न र बचाउन पनि उत्तिकै सहयोग पुर्‍याउँछ ।



उखुको जुसमा आइरन, म्याग्नेसियम, क्याल्सियम, भिटामिन, कोबाल्ट, जिङ्क र अनेक किसिमका इलेक्ट्रोलाइट्स पनि पाइन्छन जुन तत्वहरू शरीरको हाइड्रेसनका लागि अति आवश्यक हुन्छन् । यसले शरीरमा प्रोटिनस्तर बढाउने काम गरिरहेको हुन्छ । त्यसका साथै ज्वरो र संक्रमण आदिविरुद्ध लड्नमा पनि हामीलाई सहयोग पुर्‍याउँछ । उखुको रस विभिन्न किसिमका अन्य रोगहरूमा पनि निकै लाभदायक हुन्छ ।

-उखुको जुस डाइयुटेरिक अर्थात् मूत्रवर्द्धक हुन्छ । यसले शरीरमा मूत्रसम्बन्धी क्षेत्रहरूमा संक्रमण हुनबाट जोगाउँदछ । यसबाहेक मृगौलामा पत्थरी हुनबाट पनि यसले बचाउँदछ । मृगौलाले राम्रोसँग काम गरिरहेको भए पनि उखुको जुस निकै सहयोगी हुन्छ ।

-उखुको जुस महत्वपूर्ण आयुर्वेदिक औषधि पनि हो । यसले हाम्रो कलेजोलाई पनि शक्ति प्रदान गर्दछ ।

-पहेँले रोगको उन्मूलनमा उखुको जुस सेवन वरदान सरह नै हुन्छ । पहेँले रोगमा कलेजोले सही ढंगबाट काम गर्न नसक्दा शरीरका द्रवहरू बिलरुबिनको अधिकता हुन पुग्दछ । यस कारणले गर्दा हाम्रो शरीरको छाला पहेँलो हुँदै जान्छ ।

-उखुको जुसले शरीरमा प्रोटिन र अन्य पोषक तत्वको कमी पुर्ताल गर्दछ जसले गर्दा पहेँले रोगबाट छुटकारा पाउन धेरै सहयोग मिल्दछ ।

-उखुको जुसमा पाइने अल्कालाइन तत्वले गर्दा यसको नियमित सेवनले प्रोस्टेट र ब्रेस्ट क्यान्सर रोगहरूविरुद्ध जुझ्न पनि यो उत्तिकै प्रभावशारी हुन्छ । यस जुसको अर्को विशेषता यसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउन पनि राम्रो सहयोग मिल्दछ ।

-उखुको जुसमा ग्लाइकेमिक इन्डेक्स निकै कम हुन्छ । त्यसकारण यो डायबिटिज रोगीहरूका लागि पनि प्रभावशाली औषधि हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट