साकाहारी भोजन गर्ने कि !-Sutra News

साकाहारी भोजन गर्ने कि !

मंगलबार, २९ भाद्र २०७८

मंगलबार, २९ भाद्र २०७८

नेपालीको महान् चाड बडादशैँ आउन तीन हप्ता बाँकी छ । मिठो खाने र राम्रो लाउने चाड भनेर चिनिएको दशैँमा खानाकै कारण स्वस्थ्यमा विभिन्न समस्या आउने गरेका छन् ।



सामान्यभन्दा ज्यादा माछा-मासु खाने र शारीरिक कसरत कम हुने हुँदा पनि यस्तो समस्या आएको हो । दशैँमा खानाकै कारण कतिपयको तौल पाँच/सात किलो बढेको हुन्छ । हप्ता-दश दिनसम्म लगातार माछा-मासु नियमित खानाले शरीरमा थुप्रै समस्या आउँछ ।

दशैँमा सबैका घरमा माछा-मासु पाक्ने भए पनि मिलाएर साकाहारी भोजन गर्दा स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । दशैँ भन्दैमा बिहान, दिउँसो, बेलुका नै मासु खानुभन्दा रुटिङ मिलाएर हरियो सागपात तथा सलादहरु समावेश गर्नाले शरीर चंगा हुनुको साथै विभिन्न रोग लाग्नबाट सुरक्षित राख्छ । दशैँ अवधिभर साकाहारी भोजन गर्दा उत्तम हुन्छ ।

-दीर्घ जीवनका लागि सहायता पुर्‍याउँछ ।

-कोलेस्टोरेल लेबल घटाउन मद्दत गर्छ ।

-हृदयघात हुने जोखिम घटाउँछ ।

-डाइबिटिज हुनबाट धेरै मात्रामा रोक्छ ।

-स्वस्थ छालाका लागि पनि साकाहारी हुनु जरुरी छ ।

-साकाहारी भोजन गर्नाले शरीरमा पानीको मात्रा कम हुन दिँदैन ।

-साकाहारी भोजन गर्ने व्यक्तिलाई डिप्रेसन कम हुन्छ ।

-साकाहारी भोजन पचाउन सहज हुन्छ।

-आँखाको तेज बढाउन मद्दत पुर्‍याउँछ ।

-व्यावसायिक रुपमा पनि साकाहारी भोजन गर्नेलाई फाइदा पुग्छ ।

-क्यान्सरको जोखिम कम हुन्छ ।

-मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

-उच्च रक्तचाप हुनबाट जोगाउँछ ।

-माइग्रेन हुनबाट जोगाउँछ ।

-हर्मनलाई सन्तुलित गर्न मद्दत पुर्‍याउँछ ।

-शरीरमा एलर्जी हुनबाट जोगाउँछ ।

-नङलाई मजबुत बनाउन विशेष भूमिका खेलेको हुन्छ । 

-दिमागी चुस्तताका लागि पनि भेगान खाना खानु जरुरी हुन्छ ।

-खाना पकाउँदा समयको बचत हुन्छ, साकाहारी भोजन तयार गर्न सहज हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट