काठमाडौँ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले दुई महिनासम्म मन्त्री बनाउन नसक्ने सरकारले देश बनाउन नसक्ने टिप्पणी गरेका छन् । सामाजीक सञ्जालमा लेख्दै नेता पोखरेलले यस्तो बताएका हुन् ।
‘आफैले जारी गरेको अध्यादेशले आफ्नै पार्टी टुक्रिन्छ कि भनेर दुई महिनासम्म मन्त्रि बनाउन नसक्नेले देश वनाउछ भनेर विश्वास गर्ने र त्यसलाई पत्याएर पछि लाग्नेहरुलाई के भन्ने र खै ?’ उनले लेखेका छन् ।
सर्वोच्च अदालतको परमादेशबाट असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हालसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।