भीम रावल र योगेश भट्टराईलाई लेखक संग्रौलाले ‘मर्ने बेला भएको छैन’ भनेपछि…-Sutra News

भीम रावल र योगेश भट्टराईलाई लेखक संग्रौलाले ‘मर्ने बेला भएको छैन’ भनेपछि…

मंगलबार, २९ भाद्र २०७८

मंगलबार, २९ भाद्र २०७८

नागरिक आन्दोलनका अगुवासमेत रहेका लेखक खगेन्द्र संग्रौलाले नेकपा एमालेका उपाध्यक्ष भीम रावल, सचिव योगेश भट्टराई, धनश्याम भुसाल लगायतका एमाले नेताहरु अहिले घर न घाटका भएको बताएका छन् ।



एमाले विभाजन हुन लाग्दा अध्यक्ष केपी शर्मा ओलीलाई साथ नदिएका तर एमाले विभाजन भएपछि ओलीको साथ नछाडेका ती नेताहरुलाई लक्षित गर्दै सामाजीक संजालमार्फत  यस्तो व्यंग गरेका हुन् ।

 माधवकुमार नेपालको साथ छोडेर केपी शर्मा ओली तिरै फर्किएका यी नेतालाई ओलीले पछिल्लो समय भाउ दिएका छैनन् । 

‘आफैँ इँइँ-मिमी गर्दै, हात मल्दै पाउमा लत्रिने भक्तलाई प्रभुले किन भाउ दिन्थ्यो ?’ संग्रौलाले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘हेर्नोस्त प्रभुद्वारा उपेक्षित रावल, योगेश, घनश्यामादिको बिजोक! न मुन्टो लुकाउने घर छ न घाट जाने बेला भा’छ। आफूलाई कठै भन्दिने आफूबाहेक कोही छैन!’ । उनले ट्वीटमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट