काठमाडौँ । आज दिउँसो १ बजेदेखि सुरु हुने प्रतिनिधिसभा बैठक एमालेले अवरुद्ध गर्ने भएको छ । एमालेले यसभन्दा अगाडी २ पटक संसद अवरुद्ध गरिसकेको छ ।
आजको बैठकका लागि संभावित २ कार्यसूची तय गरिएको छ । संसद सचिवालयका महासचिव डा.भरतराज गौतमका अनुसार अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार भनी प्रस्ताव प्रस्तुत गर्ने र दोश्रो कार्यसूचीमा पूर्व सांसद रुक्म शम्शेर जबराको निधनमा सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा पनि एमालेले घम्साघम्सी सुरु गर्ने भएको छ । एमालेले लगातार २ पटक संसद अवरुद्द गरेपछि हिजो सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए । एमाले अनुपस्थित थियो ।