काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले स्थायी समिति बैठक बोलाएको छ ।
बैठक दिउँसो ३ बजे बस्ने एक नेताले जानकरी दिए । आजको बैठकमा बैठकमा सरकारमा जाने मन्त्री, एमसीसी र समसामायिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
माओवादीमा मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । माओवादीमा धेरै नेताहरुले मन्त्री बन्ने इच्छा देखाएका कारण मन्त्रीको नाम छनोट गर्न गार्हो भएको कुरा प्रचण्डले बताउँदै आएका छन् ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा जान माओवादीमा एक दर्जन आकांक्षी छन् ।
सरकारमा सहभागी हुने नेताहरुमा अमनलाल मोदी, शिवकुमार मण्डल ,मातृका यादवदेवेन्द्र पौडेल, हरिबोल गजुरेल, देव गुरुङ, हरिराज अधिकारी लाई मन्त्री बनाउन दाहालको चाहना भएको बताइएको छ ।