काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी असोज ४ गते सम्मका लागि स्थगित गरिएको छ ।
बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।
मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ ।
आजको बैठक पनि एमालेद्वारा अवरुद्ध भएको थियो ।