एमालेसँगको सहमतिबाटै विधेयक पारित गर्छाैं : अर्थमन्त्री शर्मा-Sutra News

एमालेसँगको सहमतिबाटै विधेयक पारित गर्छाैं : अर्थमन्त्री शर्मा

मंगलबार, २९ भाद्र २०७८

मंगलबार, २९ भाद्र २०७८

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल एमालेको सहमतिमै संसदमा पेस भएका अर्थसम्बन्धी विधेयकहरू पारित गर्ने बताएका छन् । 



मंगलबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले जसरी भएपनि अर्थसम्बन्धी विधेयक पेस गर्ने बताएका हुन् ।

एमाले सांसदहरूको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयकसहित विभिन्न अर्थसम्बन्धी विधेयक पेस भएका छन् । ‘सहमतिका लागि वार्ता भइरहेको छ ।

उनले भने, ‘सहमतिबाटै पारित गर्छाैं’, अर्थमन्त्री शर्माले भने, ‘सहमति भएन भने नियमित प्रक्रियाबाट पारित गर्छाै ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट