सांसदलाई प्रतिनिधिसभामा हल्लाखोर गर्न पठाएर सुटुक्क झापा पुगे ओली-Sutra News

सांसदलाई प्रतिनिधिसभामा हल्लाखोर गर्न पठाएर सुटुक्क झापा पुगे ओली

मंगलबार, २९ भाद्र २०७८

मंगलबार, २९ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । झापा जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली झापा पुगेका हुन् ।



यता मंगलबार बसेको प्रतिनिधिसभा बैठक एमालेले अवरुद्ध पारेको छ । एमालेले योभन्दा अगाडी २ पटक संसद बैठक अवरुद्ध पारिसकेको थियो ।

आज प्रतिनिधिसभा बैठक सुरु हुनैलाग्दा एमालेका सांसदहरुले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विभिन्न नारासहित नाराबाजी गरेका थिए ।

प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट