एमालेले संसद अवरुद्ध गरेपछि प्रधानमन्त्री पत्रकारसँग आक्रोशित- दिन थाले यस्ता जवाफ  -Sutra News

एमालेले संसद अवरुद्ध गरेपछि प्रधानमन्त्री पत्रकारसँग आक्रोशित- दिन थाले यस्ता जवाफ  

मंगलबार, २९ भाद्र २०७८

मंगलबार, २९ भाद्र २०७८

काठमाडौं । नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि देउवा आक्रोशित देखिएका छन् । एमालेले लगातर ३ पटकसम्म पनि संसद चल्न नदिएपछि देउवा आक्रोशित हुँदै गएका हुन् ।



योभन्दा अगाडी बसेको प्रतिनिधिसभाको बैठकपछि पत्रकारले प्रश्न देउवा रिसको मूडमा रहेको संकेत गरेका थिए । पत्रकारले देउवालाई संसद यस्तै पाराले कति दिन चल्छ भन्दा उनले ठाडो रुपमा ओलीलाई सोध्नुस भनेका थिए ।

प्रतिनिधिसभाको आज बसेको बैठकपछि पनि प्रधानमन्त्री देउवा अस्तिको जसरी नै प्रस्तुत भए । संसद् भवनबाट बाहिरिँदै गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया व्यक्त गर्दै हिजो जसरी खर्च भएको थियो त्यसैगरी हुने बताएका हुन् । ‘हिजो जसरी खर्च चल्यो त्यसरी नै चल्छ,’ प्रधानमन्त्री देउवाले भने ।

एमालेले संसद बैठक अवरुद्ध पार्न थालेपछि संसदको काम कारबाही प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट