रोनाल्डोले कति खान्छन् रक्सी ?-Sutra News

रोनाल्डोले कति खान्छन् रक्सी ?

मंगलबार, २९ भाद्र २०७८

मंगलबार, २९ भाद्र २०७८

रक्सी नखाने फुटबल स्टार भनेको सुन्दा हरकोहीलाई पत्याउन गाह्रो पर्ला । तर विश्वमा धेरै फुटबल स्टारहरु छन् जसले रक्सी खाँदैनन् । फुटबल क्षेत्रमा कुनै पनि उपाधि या पुरस्कार जितेपछि ‘स्याम्पेन’ खाएर मनाउने चलन छ । विभिन्न सेलिब्रेसन तथा समारोहमा फुटबल खेलाडीहरु सहभागी भएका हुन्छन् ।



ती मध्य एक हुन् रोनाल्डो । रोनाल्डोले कहिल्यै पनि रक्सी खाएनन् । उनले रक्सी किन खाएनन् भन्ने कुराको छुट्टै कारण छ । रोनाल्डोको जन्म पोर्चुगलको फञ्चल, म्याडेइराको एक वस्ती सान्तो आन्तोनियोमा ५ फेब्रुअरी १९८५ मा माता मारिया डोलोरेस डस सान्तोस अभेइरो र पिता होजे डिनिस अभेइरोका कान्छा सन्तानको रूपमा भएको थियो ।

रोनाल्डो सामान्य परिवारमा जन्मिएका थिए । उनका पिता होजे डिनिस अभेइरो मालीको काम गर्थे र उनलाई रक्सी धेरै खानु पथ्र्यो । धेरै रक्सी खाएकै कारण रोनाल्डोका पिता यस संसारबाट बिदा भए । सोही दिन रोनाल्डोले रक्सी नखाने निर्णय गरेका थिए ।

क्रिस्टियानो रोनाल्डोका पूर्व सहकर्मी म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड डिमिटार बेर्भाटोभले क्रिस्मस जस्ता उत्सवमा पनि रोनाल्डोले मादक पदार्थ सेवन नगरेको कुरा खुलाएका थिए ।बेर्भाटोभ सन् २००८ को समरमा युनाइटेड पुगेका थिए । जहाँ उनले रोनाल्डोसँग एक सिजन सँगै खेलेका थिए । उनीहरु दुईजनाको समन्वयमा बेस्ट ह्यामविरुद्धको गोलको अहिले पनि स्मरण गरिन्छ ।

साथै अचेल युवा पुस्ता ट्याटु भनेपछि हुरुक्कै हुन्छन् । शरीरका विभिन्न भागमा ट्याटु खोप्ने चलन बढ्दै गएको छ । झन् फुटबल स्टारहरुले ट्याटु हान्ने त ‘ट्रेन्ड’ जस्तै भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट