काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी नक्कली भएको बताएका छन् ।
मंगलबार गृहजिल्लामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले यस्तो बताएका हुन् ।
त्यस्तै उनले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुनियाँ ढाँटेर खाएको आरोप लगाएका छन् । कार्यक्रममा बोल्दै उनले भने, ‘प्रचण्डले दुनियाँलाई ढाँटेर खाएका छन् । एक पटक त देशका युवालाई नै ढाँटे, युवालाई प्रचण्ड केही हो कि जस्तो पारे तर उनले गरिब र सहिद परिवारका लागि हित हुने गरी काम गरेका छैनन् । ‘प्रचण्ड असल बुबा हुन्, असल काका, सम्धी, ज्वाइँ, ससुरा हुन् तर बेइमान र खराब नेता हुन् ।’