क्यामरुनमा भिडन्तमा नौ जना सैनिक र चार पृथकतावादीको मृत्यु-Sutra News

क्यामरुनमा भिडन्तमा नौ जना सैनिक र चार पृथकतावादीको मृत्यु

मंगलबार, २९ भाद्र २०७८

मंगलबार, २९ भाद्र २०७८

याउन्दे- क्यामरुनको एंगोलोफोनमा भएका पछिल्ला भिडन्तहरुमा परी नौ जना सैनिकको ज्यान गएको सेनाले जानकारी दिएको छ ।



साथै ती भिडन्तहरुमा परेर चार जना पृथकतावादी पनि मारिएका छन् । प्राप्त समाचारअनुसार यहाँका पृथकतावादीहरुले पछिल्लो हप्ता गरेको आक्रमण र त्यसमा सेनाले गरेको कारबाहीका क्रममा उनीहरु मारिएका छन् ।

उक्त एंगोलोफोनमा यहाँका पृथकतावादीहरुले पछिल्लो चार वर्षयता हिंसात्मक विद्रोह गरिरहेका छन् । सो क्षेत्रमा यहाँको सेनाले पनि कारबाहीको प्रक्रिया जारी राखेको बताइएको छ ।

उनीहरुले यहाँ अलग्गै राज्यको माग राखेर पृथकतावादी आन्दोलन चलाइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट