यी हुन् माओवादी केन्द्र बैठकका निर्णयहरू-Sutra News

यी हुन् माओवादी केन्द्र बैठकका निर्णयहरू

मंगलबार, २९ भाद्र २०७८

मंगलबार, २९ भाद्र २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी केन्द्रिय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्नेगरी पार्टीको विधान पारित गरेको हो ।



बैठकले पार्टीको निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

आयोगलाई पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने ? भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि बैठकले दिएको छ ।

प्रवक्ता महराले स्थायी कमिटीको बैठकले अहिलेसम्म सम्पर्कमा आएका ४५ वटा पार्टीबाट विद्रोह गरेका नेताहरुलाई कसरी समायोजन गर्ने र यस सम्बन्धी कार्यान्वयनका लागि बनेको गठित कार्यदलले प्रतिवेदनको पूरा रुप दिन आग्रह गरिएको बताए ।

प्रवक्ता महराले फेरि सर्वदलीय बैठक बसेर वा छुट्छुट्टै बैठक बसेर भएपनि संसद राम्रोसँग चलाउनुपर्छ भन्ने कुरामा नै नेकपा माओवादी अडिक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट