sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

हावाहुरीसहित परेको असिनापानीले गोलभेँडा खेतीमा क्षति

हावाहुरीसहित परेको असिनापानीले गोलभेँडा खेतीमा क्षति

सुत्र न्यूज

३० भाद्र २०७८
  • 571
    SHARES
  • दाङ- हावाहुरीसहित मंगलबार दिउँसो परेको पानीले तुलसीपुर उपमहानगरपालिका–३ भट्टे कृषि सहकारी संस्थाको गोलभेँडा खेतीमा क्षति गरेको छ ।

    images

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रको रु २५ लाख र संस्थाको रु २५ लाख गरी कूल रु ५० लाखको लागतमा गरिएको गोलभेँडा खेती हावाहुरीसहितको पानीले नष्ट गरेको संस्थाका अध्यक्ष कर्णबहादुर वलीले जानकारी दिए ।

    तरकारी खेतीका लागि पटेक क्षेत्रमा चिनिने भट्टेगाउँको दुई बिघा बढी जमिनमा टनेलमा गोलभेँडा खेती गरिएको थियो । हावाहुरीले १४० टनेलमा गरिएको गोलभेँडा खेतीलाई पूर्णरूपमा क्षति पुर्‍याएको संस्थाका अध्यक्ष वलीले जानकारी दिए ।

    पाक्न लागेका गोलभेँडा दशैँअगावै बिक्रीका लागि किसानले तयारी गरिरहेका थिए । एक्कासी हावाहुरी तथा पानी नष्ट गरेपछि किसान चिन्तित छन् ।

    सहकारीमा आवद्ध भएर सो गाउँका १०० बढी किसानले तरकारी खेती, बाख्रापालन, भैँसीपालन गर्दै आएका छन् ।


    प्रकाशित :भाद्र ३०, २०७८ बुधवार - ०९:५४:२९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.