sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

राष्ट्रियसभा बैठकमा एमालेले देउवाको मुख बन्द गरेपछि...

राष्ट्रियसभा बैठकमा एमालेले देउवाको मुख बन्द गरेपछि...

सूत्र न्यूज

३० भाद्र २०७८
  • 397
    SHARES
  • राष्ट्रियसभा बैठकमा एमालेले देउवाको मुख बन्द गरेपछि...

    काठमाडौँ ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

    images

    बुधबार बस्न लागेको बैठक सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक असोज ५ गतेसम्मका लागि स्थगित भएको हो ।

    बुधबार राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने पहिलो कार्यसूची रहेको थियो  । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने थियो ।

     


    प्रकाशित :भाद्र ३०, २०७८ बुधवार - ११:४३:४९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.