sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

टावरबाट खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु

टावरबाट खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु

सूत्र न्यूज

३० भाद्र २०७८
  • 108
    SHARES
  • अपर तामाकोसी जलविद्युत आयोजनाको प्रसारण लाइनको टावर बनाउने क्रममा खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।

    images

    सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१३, जल्किने नर्सिङडाँडामा टावर बनाउने क्रममा भारतीय नागरिक शेख मतिउरको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

    २६ भदौैमा टावरको करिब १३ फिटमाथिबाट उनी खसेका थिए । टाउको, छाती तथा शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल भक्तपुर लगिएको थियो । उपचारको क्रममा आज उनको मृत्यु भएको हो ।

    २८ वर्षीय मतिउर एलएनटी कम्पनीका ठेकेदारमार्फत टावर निर्माण गर्दै आएका थिए । उनको शव पोस्टमार्टम गरी भारत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

     


    प्रकाशित :भाद्र ३०, २०७८ बुधवार - १३:०९:११

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.